Thursday, March 4

खेलकुद

पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल

पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल

Posted in खेलकुद
पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) फाइनल आज बिहीबारदेखि सुरु हुँदैछ । फाइनल २०२१ को जनवरी २१ देखि २४ तारिखमा हुँदैछ । यस प्रतियोगितमा नेपालको प्रतिनिधित्व गर्दै एबरप्ट स्लेयर्स (एएसएल) पब्जी पीएमजीसी खेल्दैछ । सन् २०२० को नोभेम्बर २४ देखि डिसेम्बर २० तारिखसम्म सञ्चालन भएको पीएमजीसीको ग्रुप चरणमा १० औं स्थान ओगट्दै एएसएल फाइनलको लागि छनोट भएको हो । पीएमजीसीको ग्रुप चरणमा २४ टिमको सहभागिता थियो । यो प्रतियोगिता चार दिनसम्म खेलिनेछ । एक दिनमा ६ वटा खेल हुनेछ। यस अघि यो प्रतियोगिता दुबईमा ल्यान हुने चर्चा थियो । तर कोभिडका कारण सहभागी सबै टिम दुबई आउन सम्भव भएन । तर लिग चरण जस्तै फाइनल पनि अनलाईन नै हुनेछ। तर नेपाली टिम यसअघि नै दुबई पुगेर वार्मअप गरिसकेको छ भने दुबईबाट नै प्रतियोगितामा सहभागी हुनेछ । ग्रुप चरणमा उत्कृष्ट १६ मा स्
खु:शीको खबर : म्याराथनमा भारतीय खेलाडीलाई उछिन्दै नेपालकी चेलीले जितिन् स्वर्ण पदक !

खु:शीको खबर : म्याराथनमा भारतीय खेलाडीलाई उछिन्दै नेपालकी चेलीले जितिन् स्वर्ण पदक !

Posted in खेलकुद
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्नुभयो । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो हुनुभयो । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गर्नुभएको थियो । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुनुहुन्छ । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चांैथो हुनुभयो । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १
मेस्सी र ग्रिजम्यान नायक बन्दा बार्सिलोना शीर्ष तीनमा

मेस्सी र ग्रिजम्यान नायक बन्दा बार्सिलोना शीर्ष तीनमा

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, रोचक
स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि ४–० गोलान्तरको शानदार जित निकालेको हो । ग्रानडाको मैदानमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले दुई–दुई गोल गरे । बार्सिलोनाले ग्रिजम्यानको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं उनले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि ३–० गोलको अग्रता बनायो । ६३औं मिनेटमा ग्रिजम्यानले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए । खेलको ७८औं मिनेटमा ग्रानडाका जेसस भालेजोले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्ल
मेस्सीको दुई गोल, बार्सिलोना शीर्ष तीनमा

मेस्सीको दुई गोल, बार्सिलोना शीर्ष तीनमा

Posted in खेलकुद
स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । बुधबार राति आफ्नो १७औं खेल खेलेको बार्सिलोनाले एथ्लेटिक क्लबमाथि ३–२ गोलको जित निकाल्दै शीर्ष तीनमा स्थान बनाएको हो । एथ्लेटिकको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा नै इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि अग्रता बनाएको थियो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए । ९०औैं मिनेटमा एथ्लेटिकका इकर मुनियनले गोल गरेपछि खेल ३–२ गोलको अवस्थामा सकियो । यससँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै शीर्ष तीनमा उक्लियो । बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।
बार्सिलोनालाई एथ्लेटिक क्लबको चुनौती

बार्सिलोनालाई एथ्लेटिक क्लबको चुनौती

Posted in खेलकुद
स्पेनिस ला लिगामा आज बार्सिलोनाले आफ्नो १७औं खेल खेल्दैछ । नेपाली समयनुसार राति १ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । एथ्लेटिकको मैदानमा हुने यस खेलमा बार्सिलोना जित निकाल्दै शीर्ष क्लबसँगको अङ्कदूरी घटाउने दाउमा हुनेछ । हाल ऊ २८ अङ्कका साथ पाँचौं स्थानमा छ । १६ खेल खेलेको बार्सिलोना शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा १० अङ्कले पछाडि छ । ऊभन्दा एक खेल कम खेलेको एथ्लेटिकोसँग ३८ अङ्क छ । यता, बार्सिलोनाको आजको प्रतिद्वन्द्वी बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः त्रिविलाई हराउँदै चितवन फाइनलमा

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः त्रिविलाई हराउँदै चितवन फाइनलमा

Posted in खेलकुद
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाएका थिए । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिए । जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाए । बलिङतर्फ त्रिविका लागि आयुश बानियाँल
रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

Posted in खेलकुद
एजेन्सी, ५ असाेज । च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल सोसिडाडको घरेलु मैदान एनोएटा मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडले पकड जमाए पनि गोल गर्न सकेन । दुबै टोलीले गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भएका हुन् । ला लिगाको नयाँ सिजनमा रियल सोसिडाडको भने यो दोस्रो खेल हो । दुबै खेल बराबरी खेलेको रियल सोसिडाडले पहिलो खेलमा भाल्लाडोलिडासँग १-१ को बरारबी खेलेको थियो । यससँगै रियल सोसिडाडले दुई खेलबाट दुई अंक जोडको छ । रियल सोसिडाड तालिकको नवौं स्थानमा छ । यता रियल मड्रिडले भने नयाँ सिजनको पहिलो खेल खेलेको हो । पहिलो खेलमा नै बरारबी खेल्दै रियल मड्रिडले लिग अंक तालिकामा एक अंक जोडेको छ । रियल मड्रिड तालिकाको १० औं स्थानमा छ ।
युभेन्टसको विजयी सुरुवात

युभेन्टसको विजयी सुरुवात

Posted in खेलकुद
एजेन्सी, ५ असाेज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा कुलुसेवस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई १-० को अग्रता दिलाएका हुन् । त्यस्तै ७८ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्दोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । खेल सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरे । उनले आरोन राम्सेको पासमा गोल गर्दै युभेन्टसलाई ३-० को सहज जित दिलाए । यस जितसँगै युभेन्टसले नयाँ सिजनको घरेलु लिगमा सुखद सुरुआत गरेको छ । युभेन्टसले अंक तालिकामा एक खेलबा
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण