
प्रेमिकालाई फकाउन यी युवाले बनाए‘लभ आइल्याण्ड’, प्रेमिका त आइनन् तर पर्यटक आउन थाले
Posted in रोचक
काठमाडौं। एक युवकले रिसाएर गएकी प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्रभावित भइनन् । तर, ती युवकले अझै पनि प्रेमिकाको प्रतिक्षा गरिरहेका छन् । यद्यपि ३० वर्षका यी युवकको मेहनत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्नको लागि आउन थालेका छन् । जु थर भएका यी व्यक्तिले १ लाख युआन (१८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैंचालाई नयाँ रुप दिएका हुन् ।
यो पूरै आइल्याण्डलाई गुलाबी वनस्पतिले ढाकिएको छ । यो आइल्याण्डको घाँस पनि गुलाबी रंगको छ । यहाँ कैयौं चेरीका रुखहरु पनि छन् । यसका अलावा यी व्यक्तिले यो रोमान्टिक स्पटसम्म जानको लागि एउटा पुल पनि बनाएका छन् । जुले आफ्ना बुढा मातापिताको हेरचाह गर्नका लागि गाउँ जाने निर्णय गरेपछि उनकी प्रेमिकाले ब्रेकअप दिएकी थिइन् । ब्रेकअप भइसकेपछि जुले एकपटक फेरि