Friday, June 18

समाचार

काठमाडौं उपत्यकामा फेरि लागु भयो यस्तो नियम

काठमाडौं उपत्यकामा फेरि लागु भयो यस्तो नियम

Posted in समाचार
वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ । अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने। निषेधाज्ञा लम्ब्याइएको सा
शनिवार २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने दोब्बर

शनिवार २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने दोब्बर

Posted in समाचार
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन। संक्रमित हुने भन्दा निको हुनेको संख्या अत्याधिक छ । यो भने एक सुखद् पक्ष हो । मृत्यु हुनेको संख्या पनि एक सय भन्दा तलको संख्यामा आएको छ । स्वास्थ मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन्। तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो। २४ घण्टामा संक्रमितको तुलनामा दोब्बर संख्यामा निको भएका छन्। निको हुनेको संख्या ६ हजार २९५ रहेको छ। यस्तै काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ गरी उपत्यकामा ५९८ जना संक्रमित भएका छन्। नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ। यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ। मन्त्रालयका अनुसार कूल छ लाख चार हज
कोरोनाले मानिस भकाभक म’र्न थालेपछि सपना रोका मगरले यस्ता तस्वीर सार्वजनिक गर्दै लेखिन् मार्मिक सन्देश

कोरोनाले मानिस भकाभक म’र्न थालेपछि सपना रोका मगरले यस्ता तस्वीर सार्वजनिक गर्दै लेखिन् मार्मिक सन्देश

Posted in समाचार
अहिले लकडाउन छ । श्रमजीविहरुले काम गुमाएका छन् । अस्पतालमा बिरामीको घुँइचो छ । अक्सिजन र उपचार नपाएर मानिसहरु भकाभक म रि रहेका छन् । यस्तो अवस्थामा समाजसेवीहरु के गर्दै होलान्? सबैको चासो हुनु स्वभाविक हो । सानै उमेरमा बेवारिसे शव ब्यवस्थापन गरेर चर्चित सपना रोका मगरले केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् । उनले तस्वीरसँग क्याप्सनमा लेखेकी छिन्, ‘हामि निरन्तर सेवा मै छौ । निशुल्क खान बितरण , रोग र भोक ले कोहि पनि निमुखा नेपालिले अकाल मा ज्यान गुमाउन नपरोस् ।’ उनी हाम्रो सानो प्रयास, हाम्रो टिम नेपाल नामक संस्थासँग आवद्ध भएर भोकाहरुको भोक मेट्न लागिपरेकी छिन् । यसबाहेक बेवारिसे शव ब्यवस्थापनमा पनि उनी उत्तिकै सक्रिय छिन् । उनको जीवनमा आएका आरोह अवरोह मत्थर भएपछि चर्चित अभियन्ता सपना रोका मगर काममा फर्केकी थिइन् । बीबीसीको प्रभावशाली १०० जनाको सूचीमा परेकी सपना रोका मगरले आफ्नै संस्थाबा
आफन्तको विहेमा हिँडेकी महिलाको कर णी पछी ह त्या, यस्तो अबस्थामा शव मकै बारीमा भेटियो

आफन्तको विहेमा हिँडेकी महिलाको कर णी पछी ह त्या, यस्तो अबस्थामा शव मकै बारीमा भेटियो

Posted in समाचार
विराटनगर, २३ बैसाख । मोरङमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको ह त्या भ एको छ । ह त्या ग रेर फ्यालेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको शव फेला परेको छ । रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृ त फेला परेकी उनको ढिलो गरेर पहिचान खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार गत आइतबार टाउको, घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चो ट ला गे को अ र्ध न ग्न अ व स्थामा सरीताको श व फेला परेको थियो । बुवा धनुष सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर अ न्त्ये ष्टिका लागि लगेका छन् । पहिचान हुन नसकेको शवलाई विराटनगरस्थित कोसी अस्पतालको श वगृ हमा ल्याएर राखिएको थियो । बुवाले सनाखत गरेपछि पो स्ट मा र्टम गरेर शव परिवारका सदस्यको जिम्मा लगाइएको डीएसपी राईले बताए । उनका अनुसार मृ त कको शरीरका विभि
कोरोना संक्रमणमा नेपालमा आज नयाँ रेकर्ड, बज्यो खतराको घन्टी

कोरोना संक्रमणमा नेपालमा आज नयाँ रेकर्ड, बज्यो खतराको घन्टी

Posted in समाचार
काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । यो अहिले सम्मकै सर्वाधिक बढी हो । यस्तै, गत २४ घण्टामा ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ। भारतमा २० सहित २३ नेपालीको मृत्युः९३ प्रतिशत सङ्क्रमणमुक्त ग
कोरोना बाट आज नेपालमा ३७ को मृत्यु, यो संगै प्रधानमन्त्री ओलीले पनि गरे यस्तो घोषणा

कोरोना बाट आज नेपालमा ३७ को मृत्यु, यो संगै प्रधानमन्त्री ओलीले पनि गरे यस्तो घोषणा

Posted in समाचार
नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्। सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो। सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७,२११ सङ्क्रमित थपिएको जनाएको थियो। सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाण्डू जिल्लामा २,९२२ जना थपिएका हुन्। त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जनामा पनि कोभिड-१९ पुष्टि
अस्पताल भर्ना भएको १० दिन पछि पूर्वराजा रानीको स्वास्थ्यबारे आयो यस्तो जानकारी

अस्पताल भर्ना भएको १० दिन पछि पूर्वराजा रानीको स्वास्थ्यबारे आयो यस्तो जानकारी

Posted in समाचार
काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले पनि नर्भिक अस्पतालमा भर्ना छन् । कोरोना संक्रमित भएपछि शनिवार अस्पताल भर्ना गरिएका उनीहरुको १० दिन सम्म उपचार गर्दा अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका सिनियर म्यानेजर सोमनाथ बास्तोलाले पूर्वराजा रानीको स्वास्थ्य अवस्था बारे जानकारी दिँदै हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार भएको बताए । “पूर्वरानी आईसीयूमै हुनुहुन्छ,” उनले भने, “अवस्था निकै सुधार भएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा हुनुहुन्छ । अवस्था भने सामान्य हुँदैछ ।” पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले जनाएको छ । पूर्वराजा रानी संगै पूर्व अधिराजकुमारी प्रेरणाको पनि नर्भिकमै उपचार जारी छ । उनको स्वास्थ्यमा भने उल्यख्य सुधा
अन्ततः त्रिभुवन विमानस्थल पनि बन्द, बाहिर जान आउँन कोहि नपाइने

अन्ततः त्रिभुवन विमानस्थल पनि बन्द, बाहिर जान आउँन कोहि नपाइने

Posted in समाचार
काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा बन्द गरिनेछ । नेपाल र भारतबीच भने हप्ताको दुई दिन उडान हुने छ । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले वैशाख २३ गतेदेखि ३१ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्। ‘आन्तरिक उडान मंगलबारबाट पूर्णरुपमा बन्द हुन्छन्’, अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय उडान भारतमा हप्ताको २ वटा हुने र
सरकारले सात दिन सार्वजनिक बिदा दिने

सरकारले सात दिन सार्वजनिक बिदा दिने

Posted in समाचार
कर्णाली- कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्णजन्माष्टमी र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ । त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिनुभयो ।
झापामा नयाँ नियम लागू : पहिलो दिनमै सयौं समातिए, प्रहरीसंग रिस पोख्दा पर्यो चर्काचर्की (भिडियो)

झापामा नयाँ नियम लागू : पहिलो दिनमै सयौं समातिए, प्रहरीसंग रिस पोख्दा पर्यो चर्काचर्की (भिडियो)

Posted in समाचार
कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा आजदेखी विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका छन । झापामा आजदेखी नयाँ नियम लागू गरिएको छ । बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र आजबाट सडकमा प्रहरीले नयाँ नियमसंगै कडा का.रबाही सुरु गरेको छ । झापाको दमक चोकमा एकाबिहानैदेखि प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेकजाच गरिएको छ । यसैक्रममा प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै कडा रुपमा प्रस्तुत भएर डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई नै यस्तो कडा का.रबाही गरेका छन । झापाको दमकमा पुर्ब प्रहरी भनिने ब्यक्ति र डिउटिमा खटिएका प्रहरीबिच चर्काचर्की नै परेको छ ।