Friday, November 27

काठमाडौ‌ं प्रवेश गर्न खोज्ने ७ हजार बढी सवारी साधन र १९ हजार चार सय यात्रु नाकाबाटै फिर्ता

August 9, 2020 125

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यका भित्रिन खोज्ने सवारी साधन र यात्रुहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ।

गृह मन्त्रालयका अनुसार अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र १९ हजार चार सय यात्रुहरुलाई नाकाबाटै फिर्ता पठाइएको हो ।

गृह मन्त्रालयको निर्देशनलाई बेवास्त गरिएका करिब एक लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको जनाइएको छ ।

जोर विजोर प्रणाली विपरित सवारी चलाउने करिव पाँच हजार तीन सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको पनि बताइएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि यसलाई रोकथाम गर्नका लागि गृह मन्त्रालयले केही आदेशर निर्देशन दिएको छ । उक्त कुराहरुलाई कडाईपूर्वक कार्यान्वयन गर्न मातहतका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृहले पुन अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्