Saturday, November 28

आफ्नै मन्त्रीको अभिव्यक्ति गलत ठहर गर्दै भारतले भन्यो, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

August 9, 2020 102

काठमाडौं, २४ साउन । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ ।

विदेश मन्त्रालयले आफ्नै विभागीय मन्त्री एस जयशंकरको अभिव्यक्तिलाई गलत ठहर गर्दै बुद्ध नेपालमा नै जन्मिएका हुन भन्ने प्रष्ट पारेको हो ।

आइतबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गौतम बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका नरहेको स्पष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती जारी गर्दै गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नरहेको बताएका हुन् ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित कन्फेडेरेसन अफ इण्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्र्रिरया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको दाबी गरेका थिए ।

यस विषयमा नेपालले पनि आपत्ति जनाउदै बुद्ध जन्मभूमि अब आएर विश्वमा नै विवाद र वहसको विषय नरहेको प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्