Friday, November 27

पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइसोलेसनमा

August 9, 2020 110

काठमाडौं, २५ साउन ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइसोलेसनमा बस्नुभएको छ । उहाँ आज (आइतबार) देखि आइसोलेसनमा बस्नु भएको हो ।

अंगरक्षक (पीएसओ) मा कोरोना संक्रमण देखिएपछि महासचिव पौडेल आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको छ । उहाँको पीएसओमा आइतबार संक्रमण पुष्टि भएको हो ।

महासचिव पौडेलको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । उहाँको पीएसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस्