Sunday, December 6

उपचार नपाएर ज्यान गुमाएकी युवतीको आफन्तद्वारा नारायणी अस्पतालमा प्रदर्शन

August 9, 2020 92

वीरगन्ज, २५ साउन । वीरगञ्जमा आधा दर्जन भन्दा बढी अस्पतालहरुको यात्रा गर्दासमेत उपचार नपाएर अकालमै ज्यान गुमाएकी २२ वर्षीया युवतीका आफन्तले वीरगन्जस्थित नारायणी अस्पतालमा प्रदर्शन गरेका छन् ।

युवतीको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि शुक्रबार राति अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।

उपचार नपाएर ज्यान गुमाएकी युवतीका परिवारजनले अस्पतालले बिरामीको हत्या गरेको आरोप लगाएका छन् । अस्पताल आएका बिरामीका आफन्तजनले नारायणी अस्पतालमा ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।

ढुंगामुढाका कारण नारायणी अस्पतालमा पार्किङमा राखिएको एक चिकित्सकको गाडीमा समेत क्षति पुगेको छ । उक्त गाडीमा क्षति पु¥याउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पतालमा भर्ना लिइरहेको भनेर प्रचार गर्ने तर, वास्तविक सिकिस्त बिरामीलाई फर्काउने अवस्थालाई तत्काल सुधार गर्नुपर्ने माग राख्दै प्रर्दशन गरिएको हो ।

हाल प्रर्दशनकारीहरुलाई प्रहरीले घटनास्थलबाट लखेटेपछि स्थिति सामान्य बनेको जानकारी गराइएको छ । पछिल्लो समय निजी तथा सामुदायिक अस्पतालले उपचार गर्न नमान्दा एक सातामै वीरगन्जमा ५ जनाको ज्यान गएको छ ।

पर्सामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो परीक्षण अनुसार १४ महिलासहित पर्साका थप ७४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पर्सामा संक्रमितको कुल संख्या १,०६५ पुगेको छ । त्यस्तै, मृतकको संख्या २१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्