Friday, November 27

दुई चिकित्सकमा कोरोना देखिएपछि नोबेल अस्पताल विराटनगरको ओपीडी र फोक्सो वार्ड बन्द

August 9, 2020 98

विराटनगर, २४ साउन । विराटनगरमा सञ्चालित अधिकांश अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालको ओपीडी र फोक्सो वार्ड बन्द गरिएको छ ।

विराटनगर अस्पतालका चिकित्सकलाई संक्रमण भएपछि धेरै अस्पतालका सवस्थ्यकर्मीहरुलाई संक्रमण देखिएको छ । यतिबेला विराटनरमा स्वास्थयकर्मी सुरक्षाकार्मी , सञ्चारकर्मी लगायत समुदामा नै कोरोना संक्रमण फैलिएको छ ।

नोवेल मेडिकल कलेजका दुई जना रेसिडेण्ट चिकित्सकको रिपोर्ट पोजेटिभ आउने बित्तिकै उनीहरु कार्यरत रहेको ओपिडी र फोक्सो वार्ड बन्द गरिएको कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ आएपछि मोरङ सहकारी अस्पताल पनि बन्द गरिएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरु नै संक्रमित भेटिन थालेपछि विराटनगरका ठुला अस्पतालहरु केही दिनका लागि बन्द गर्ने गरिएको छ । कोशी अस्पताल, विराटनगर अस्पताल, न्युरो अस्पतालका केही सेवाहरु बन्द गरेर खोलिसकिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ पाईएपछि दुई घण्टाका लागि सेवा बन्द, दुई घण्टामा सम्बन्धित वार्डलाई सिल गरी डिस्इन्फेक्ट गर्ने र दुई घण्टा भित्र सम्बन्धित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन वा आईसोलेशनमा पठाउने उल्लेख छ । तर विराटनगरमा सञ्चालित अस्पतालका चिकित्सक र स्वाथ्यकर्मीमा कोरोना संक्रमण भेटिन थाले पछि सवै जसो अस्पतालले ओपीडी सेवा ४८ घण्टा सम्म बन्द गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्