Friday, November 27

धमाधम संक्रमण देखिन थालेपछि नेपालगञ्जको मुख्य चार नाका सिल, सेना परिचालन

August 9, 2020 102

नेपालगञ्ज, २५ साउन । बाँकेको नेपालगञ्ज क्षेत्रको चार नाका पुर्णरुपले सिल गरिएको छ । नेपालगञ्ज क्षेत्रमा पछिल्लो समय धमाधम कोरोना संक्रमण देखिन थालेपछि चार नाका पुर्णरुपले सिल गरिएको हो । सिल गरिएको क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ अवस्थामा रहेका छन् ।

नेपालगञ्जको सुर्खेतरोडको पूर्वतर्फ पर्ने पुष्पलाल चोकदेखि, गणेशमान चोकसम्म, गणेशमान चोकबाट, चारबाहिनी चोक, पीपल चौतारा हुँदै बाँके गाउँसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्रमा पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

कोरोना संक्रमित झन झन बढदै जाँदा शनिवारसम्म जारी गरिएको निषेधाज्ञा मंगलवार रातिसम्म बढाइएको छ । कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय मंगलवार रातिसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगञ्जका प्रमुख ठाउँलाई सिल गरी थप कडाई गर्ने मनसायका साथ नेपालगञ्जको मुख्य क्षेत्रलाई सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ती जारी गरि सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्रलाई सिल गरेको जानकारी गराउनुभएको छ ।

ति चार किल्ला क्षेत्र २४ साउन रातिदेखि लागू हुनेगरि सिल गरिएको प्रशासनले जनाएको छ । ‘प्रशासनले गरेको निर्णयको बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने छ,’ सहायक सिडिओ उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्