Wednesday, December 2

प्रदेश ५ सांसद कृष्णा केसीलाई कोरोना पुष्टि

August 9, 2020 118

नेपालगन्ज, २५ साउन । प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्यावमा भएको स्वाब परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पार्नुभएको छ ।

पछिल्लो समय नेपालगन्जमा धमाधम कोरोना संक्रमण थपिदै गएपछि सांसद नमुनालाई पनि कोरोना पुष्टि भएको छ । पछिल्लो समय नेपालगन्जमा प्रहरी, थुनुवा, जनप्रतिनिधी, व्यापारी, पत्रकार लगायतलाई कोरोना देखिएको छ । उहाँले लेख्नुभएको छ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिन ।

‘पीसीआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले म सँग एक हप्ता यता नजिकमा रहनु भएका सवैले सेल्फ आइसुलेट तथा पीसीआर जाँच गराउन आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ । यसैवीच, बाँकेमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

शुक्रवार ४ बजेसम्म तीन सय १२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । ति मध्ये बाँकेका ४९ जना रहेको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस्