Tuesday, December 1

टुक्रा-टुक्रा पारिएको अवस्थामा भेटिएकाे शव अपडेट : २ सय मिटर पर जेब्रामा टाउको भेटियो

August 9, 2020 592

काठमाडौं, २५ साउन । काठमाडौंको गोंगबुमा सुटकेशमा टुक्रा टुक्रा पारिएको शवका टाउको प्रहरीले फेला पारेको छ । आइतबार बिहानै गणेशथान सडकमा शव टुक्रा टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा भेटिएको थियो । तर शवको टाउको भने फेला परेको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालो सुटकेशमा शवको टुक्रा भेटिएको दुई सय मिटरको पर जेब्रा झोलामा टाउको फेला हो । ‘शव फेला परेको ठाउँबाट दुई सय मिटर पर जेब्रा झोलामा ठाउको फेला परेको छ । हामी अनुशन्धानमा छौं  ।’ – महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

स्थानीयले सडक किनारमा झोलाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्