Saturday, December 5

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’को बैठक आज बस्दै

August 9, 2020 155

काठमाडौं, २४ साउन । कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ । शनिबार (हिजो) बस्ने भनिएको यो बैठक अन्तिम समयमा आएर रोकिएपछि आजको लागि सारिएको थियो ।

केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ । आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ । सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेएको छ ।

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरेरर सवारी चलाउन निर्देशन दिएको छ । नेपालमा हालसम्म २२ हजार ५ सय ९२ संक्रमित फेला परेका छन् । जसरमा १६ हजार ३ सय १३ जना निको भइसकेका छन् । ७३ संक्रमितको मृत्यु भइसकेको छ । ६ हजार २०६ जनाको उपचार जारी छ ।

प्रतिकृया दिनुहोस्