Tuesday, December 1

कम्युनिष्ट प्रधानमन्त्रीले संवेदनशिल धार्मिक मामिलामा निर्देशन दिनु अनुपयुक्त : डा. भट्टराई

August 9, 2020 157

काठमाडौं, २५ साउन । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कम्युनिष्ट प्रधानमन्त्रीले संवेदनशिल धार्मिक मामिलामा चासो र निर्देशन दिनु उपयुक्त नभएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थानको बारेमा दिएको अभिव्यक्ति र चितवन माडि नगरपालिकाका जनप्रतिनिधिलाई बोलाएर माडीमा भव्य राममन्दिर बनाउन निर्देशन दिएकोप्रति यो टिप्पणी केन्द्रीत छ ।

नेता भट्टराइले सर्वव्यापी इश्वरका अवतारलाई प्रत्येक देशले आआफ्नो भौगोलिक सीमाभित्र कैद गर्न खोज्नु धर्मिक आस्थाले हिसावले कतिको सहि हो ? भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चेपाङको छाप्रो, स्कूल र अस्पताल छाडेर मन्दिर निर्माणमा प्राथमिकता दिनु नाजायक कार्य भएको नेता भट्टराईको टिप्पणी छ ।

प्रतिकृया दिनुहोस्