Tuesday, December 1

काठमाडौं उत्पयकाका १ सय ३६ बढी स्थानमा संक्रमित फेला, उपत्यका ‘हट स्पट’ बन्दै (भिडियो)

August 8, 2020 137

काठमाडौं, २४ साउन । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दैनिक ५० भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भएका छन् । शनिबार मात्र ६२ जनामा संक्रमण पुष्टि भयो ।

काठमाडौंमा तीव्र गतिमा फैलिएपनि सजगता भने देखिदैन । शुक्रबारको तथ्यांकले काठमाडौं उपत्यकाका १ सय ३६ बढी स्थानमा संक्रमित फेला परेका छन् । ति बाहेक अन्य क्षेत्र पनि संक्रमणको जोखिममा छन् । तर, आम नागरिकको चहल–पहल यथावत् छ ।

कोरोना भाइरसको महामारीले मुलुकको धेरै भाग प्रभावित बनेका छन् । ति मध्येपनि काठमाडौं उपत्यका सहित मुख्य शहरहरु बढी प्रभावित बनेका छन् ।

काठमाडौं वडा नम्बर ५ हाँडीगाउँमा त एकै परिवारका ११ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । हालसम्म काठमाडौं उपत्यकामा १ हजार ४४ जनामा संक्रमण देखिएको हो ।

त्यसमध्ये काठमाडौं जिल्लामा ८ सय २६, ललितपुर १ सय ३७, भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उपत्यकाका तीनै जिल्लामा वितेको २४ घण्टामा ६२ जनामा पोजेटिभ देखिएको छ ।

कोरोना पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । तिमध्ये पनि प्रदेश २ बाट आउने धेरै भन् भने भारतबाट आएका पाँच जना छन् । काठमाडौं यो कारणले पनि जोखिममा छ कि, उपत्यकामा नमूना परीक्षण गराएकामध्ये पोजिटिभ देखिएका केही सम्पर्क बाहिर छन् ।

साउन १ देखि दोस्रो सातासम्ममा उपत्यकामा दैनिक १५ को हाराहारीमा संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्