Saturday, November 28

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

August 8, 2020 134

चितवन, २४ साउन । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार चितवनका ५ जना र चितवन बाहिरका २ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, वडा नं. ४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमध्ये एक जना प्रहरी र एक जना थुनुवा समेत रहेका रहेका छन् ।

यस्तै संक्रमित महिला भने चितवन मेडिकल कलेजमा उपचाररत थिइन् । यसैबीच सुर्खेत पिठगाउँ–२ का २२ वर्षीय प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।
यता नवलपुर गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । उनी होम क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्