Tuesday, December 1

पाँच जना भारतीय हक्की खेलाडीमा कोरोना पोजिटिभ

August 8, 2020 109

एजेन्सी, २४ साउन । कप्तान मनप्रीत सिंहलगायत पाँच जना भारतीय हक्की खेलाडीमा कोरोना पोजिटिभ पाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार संक्रमित हुने पाँच खेलाडी मनप्रीत सिंह, सुरेन्द्र कुमार, जसकरण सिंह, वरुण कुमार र कृष्ण बी पाठक हुन्।

बीबीसीका अनुसार बंगलोरमा एक महिनाको ब्रेकपछि प्रशिक्षण आधारमा फर्किएका ति खेलाडीहरूको रिपोर्ट पहिले नकारात्मक आएको थियो ।

स्पोर्ट्स अर्थोरिटी अफ इण्डिया (एसएआई)ले संक्रमित खेलाडीहरूको संख्या बढ्न सक्ने बताएको छ। मनप्रीत सिंह र सुरेन्द्र कुमार लगायत पाँच जनामा कोरोना कोरोनाका संकेत देखाएपछि एक दर्जन खेलाडीहरूको पुनः परीक्षण गरिएको जनाइएको छ ।

एसएआईका अनुसार क्वारेन्टाइनमा बसोबास गर्ने खेलाडीहरू शिविरमा पहिले नै उपस्थित खेलाडीहरूसँग सम्पर्कमा आएका छैनन्। केहि परिणामहरू अझै पर्खिरहेका छन् ।

प्रतिकृया दिनुहोस्