Tuesday, December 1

भारतमा कोरोनाबाट एक सय ९६ डाक्टरको मृत्यु : आईएमए

August 8, 2020 215

एजेन्सी, २४ साउन । भारतमा कोरोनाबाट एक सय ९६ डाक्टरहरूको ज्यान गएको छ । भारतीय मेडिकल एसोसिएसनले उक्त जानकारी दिएको हो ।

आईएमएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त घटनाबारे ध्यान दिन अपिल गरेको छ। प्रधानमन्त्री मोदीलाई पठाएको एउटा पत्रमा प्रधानमन्त्रीको ध्यान कोभिड १९ को संकटमा डाक्टरहरूको सुरक्षाकाबारे बढ्दो चिन्ताको विषयमा
केन्दि«त बनाइएको छ ।

उक्त चिठीमा लेखिएको छ, ‘कोभिडको कारण डाक्टरहरू संक्रमित र जीवन गुमाउनेहरूको मामला बढ्दैछ। तिनीहरू मध्ये धेरै सामान्य चिकित्सकहरु छन्। जनसंख्याको ठूलो वर्गहरूलाई उनीहरुले ज्वरो र सम्बन्धित लक्षणहरूको लागि परामर्श दिन्छन्। ‘

पत्रमा यो पनि लेखिएको छ, ‘यस्तो दुःखलाग्दो समाचार आउँदै छ कि डाक्टरहरू र उनीहरूका परिवारले अस्पतालमा ओछ्यान पाइरहेका छैनन् र धेरै अवस्थामा औषधिको पनि अभाव छ। कोभिडबाट डाक्टरको मृत्यु हुने संख्या भयावह रूपमा बढिरहेको छ।’

आईएमएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष जोखिम समूहका डाक्टरहरू र उनीहरूका परिवारहरूलाई पर्याप्त स्वास्थ्य सुविधाहरू प्रदान गर्न सुनिश्चित गर्न अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्