Saturday, December 5

वरिष्ठ स्काउट लिडर ज्योतिको स्काउट सम्मानका साथ अन्त्येष्टि

August 8, 2020 124

काठमाडौ., २४ साउन । नेपाल स्काउटका वरिष्ठ स्काउट लिडर हरिमोहन ज्योतिको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वासको समस्या रहेको ज्योतिको घट्टेकुलोस्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँको आजै स्काउट सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, पूर्वप्रमुख आयुक्त रविन दाहाल, सदस्य बिजेन्द्र धोजु र निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको झन्डा ओडाएर अन्तिम सम्मान गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जली स्वरुप नेपाल स्काउटका रोभरररेन्जर एवं स्काउटरहरुले स्काउट सलामी पनि अर्पण गरेका थिए । आर्यघाटमा ज्योति प्रति श्रद्धाञ्जली दिन स्काउटहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१९९५ साल असोज २७ गते जन्मेका स्काउट लिडर ज्योति आजीवन स्काउटमा समर्पित रहनु भयो । नेपाल स्काउटको विकास र विस्तारमा ज्योतिको महत्त्वपूर्ण योगदान रहेको छ ।

प्रतिकृया दिनुहोस्