August 8, 2020 133
काठमाडौं, २४ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ९९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या ६ हजार २ सय रहेको छ । त्यस्तै, हालसम्म १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ६ हजार २ सय ०६ जना छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्