Tuesday, December 1

आठ जनामा कोरोना पुष्टि भएपछि काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

August 8, 2020 124

काठमाडौं, २४ साउन । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलका आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको हो ।

नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराइएको छ । गत विहीबार पनि सो क्षेत्रमा एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्ने शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्