Saturday, November 28

११ जनामा कोरोना पुष्टि भएपछि काठमाडौको यो क्षेत्र सिल

August 8, 2020 914

काठमाडौं । काठमाडौंमा सिल गरिएको क्षेत्रमा हाँडिगाउँ पनि थपिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंको हाडिगाउ पनि सिल गरिएको हो । काठमाडौं महानगरपालिकाको हाँडीगाउँ क्षेत्रको एउटै टोलमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

महानगरपालिकाको वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको कोटाल टोलमा ११ जनामा कोरोना पुष्टि भएको हो । वडाध्यक्ष रमेश डंगोलले एक साताअघि पाँच जनामा कोरोना पुष्टि भएपछि शुक्रबार सोही टोलका ३३ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको जानकारी दिए । शुक्रवार र शनिवार ११ जनामा कोरोना पुष्टि भएको हो । अहिले सो क्षेत्र सिल गरेर आवागमन रोकिएको छ ।

संक्रमित हुनेमा नेपाल प्रहरी, प्रहरीका परिवार र उनकै छरछिमेकी रहेको वडाध्यक्षले बताएका छन् । पहिलो पटक एक प्रहरीमा कोरोना पुष्टि भएपछि उनको परिवारकै अन्य चार सदस्यको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। तत्कालका लागि उक्त क्षेत्र सिल गरेको र आइतबार सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि संलग्न कोभिड–१९ समिति बैठकले थप निर्णय गर्ने अध्यक्ष डंगोलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्