Saturday, November 28

मेयर सहित एकै दिन ५२ जनामा कोरोना पुष्टि

August 8, 2020 300

वीरगन्ज । वीरगन्जमा फेरी एक जना मेयर सहित ५२ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा मेयर सहित ५२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य बाराका २ जना र सर्लाही एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

पर्साको बहुदरमाइ नगरपालिकाका मेयर सहित ५२ जनामा कोरोना पुष्टि भएको हो । नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४÷४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १÷१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ को राजधानी विराटनगरका ठूला र सुविधासम्पन्न अस्पतालहरुले धमाधम आफ्ना सेवा बन्द गर्न थालेका छन्। कोरोनाको प्रभावका कारण प्रदेशमै ‘रेफरल सेन्टर’का रुपमा चिनिएका सरकारी एवं निजी अस्पतालले बिरामी भर्ना लिने, उपचार गराउने नियमित सेवा बन्द गर्न थालेका हुन्। कतिपय अस्पतालले बहिरंगका साथै आकस्मिक समेतका सेवा अनिश्चित कालका लागि बन्द गरेको भन्दै सूचना टाँसेर छन्। केही अस्पताल सिल गरिएका छन्।

विराटनगरका गोल्डेन, न्युरो, मोरङ सहकारी, विराट नर्सिङ होम एवं विराटनगर, कोशी समेतका ठूला अस्पतालले नियमित स्वास्थ्य सेवा बन्द गरेका छन्। उपचारका सबै काम बन्द गरेर आकस्मिक सेवालाई सञ्चालनमा ल्याए पनि प्रभावकारी सेवा दिन सकेका छैनन्।

प्रतिकृया दिनुहोस्