Wednesday, December 2

वडाध्यक्ष शाहीद्धारा बहिनी नाता पर्ने किशोरी कर’णी, साथीले रंगेहात देखेपछि खुल्यो पोल

August 8, 2020 226

कालिकोट । कालिकोटका एक वडाध्यक्षले आफ्नै बहिनी नाता पर्ने किशोरीलाई कर’णी गरेपछि जेल चलान भएका छन् । खाँडाचक्र नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष जगधिश शाहीलाई पूर्पक्षका लागि जे’ल चलान गरिएको छ । उनलाई बहिनी नाता पर्ने किशारीलाई कर’णी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिएको थियो । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले का’रागार चलान गर्ने निर्णय गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरे जानकारी दिएका छन् ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं। ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक कर’णी गरेको अनुसन्धानवाट खुलेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर कर’णी गरेको किशोरीले बयान दिएकी छन् । उनले आफुलाई दाईले यस्तो गर्लान भन्ने कल्पना समेत नगरेकाले बोलाएको बेलामा विश्वास गरेर गएको बताएकी थिइन् ।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी उनले कर’णी गरेको किशोरीको बयानमा उल्लेख छ । किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने र बहिनी भन्दै माया देखाउने गरेपछि किशोरी पनि नजिकिएकी थिइन् ।

‘किशोरी स्कुलबाट घर जाँदा वडा अध्यक्षको घरको आगँनमै बाटो पर्छ । घर फर्किने बेला शाहीले बाटो कुरेर बस्ने गरेको र किशोरीलाई प्रलोभन देखाउने गरेका थिए । उनले कसैलाई भने ज्यान लिने ध म्की समेत दिने गरेका थिए ।

२०७४ सालमा पहिलो पटक पी डित भएकी किशोरी वडा अध्यक्ष शाहीबाट भा ग्न थालिन् । दोस्रो पटक २०७६ साल भदौ १७ गते बिरामी परेर घरमा सु ति रहेकी किशोरीलाई एक्लै भएको मौका छोपी कर’णी गर्दै गर्दा किशोरीकी साथीले देखेपछि घटना बाहिर आएको हो । पछि अध्यक्षले साथीलाई पनि दु ब्र्यव हार गर्न थालेपछि उनले अन्य युवतीलाई त्यो कुरा सुनाईदिइन् । त्यसपछि गाउँमा हल्ला भएपछि घटना बाहिर आएको हो ।

प्रतिकृया दिनुहोस्