August 8, 2020 394
एजेन्सी, २४ साउन । चीन र भारतको सीमा बिवाद चर्किरहेका बेला दुई मुलुककाे सैनिककबीच वार्ता हुने भएको छ । दुई मुलुकबीच पूर्वी सीमा लद्दाखको भूमि बिवाद छ । आज हुने वार्तामा चीन र भारतको सैनिक मेजरहरुले प्रतिनिधित्व गर्नेछन् ।
केही महिनाअघि लद्दाखमा दुवै मुलुकका सैनिकहरुबीच झडपसमेत भएको थियो । आज लद्दाखमा हुने सैनिकस्तरिय वार्ताबारे एशियन न्यूज इन्टरनेशनल (एएनआइल)ले जनाएको छ । बिवादित सीमामै हुने वार्तामा दुवै सेना निश्चित सीमाबाट आ-आफ्ना सैनिक फिर्ता लाने गरी वार्ता हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्