Wednesday, November 25

मोटरसाइकल ठ’क्कर दिने सभामुखका छोरालाई लागेन कानुन, प्रहरीले नै लुकायो घटना

August 8, 2020 191

कैलाली । अहिले कैलालीको घटनालाई लिएर सामाजिक सञ्जालमा एउटा भनाई चर्चित बनाइएको छ । सानालाई ऐन, ठूलालाई चैन भन्दै कैलालीमा भएको एउटा घटना सामाजिक सञ्जालमा भाइरल भएको हो । सुदूरपश्चिम प्रदेशसभा सभामुख अर्जुन थापाका छोरा देवेन्द्र थापाले चलाएको गाडीले एक जना सर्वसाधारणलाई ठ’क्कर दियो । उनी गम्भिर घाईते भए । उनको अहिले नेपालगन्जमा उपचार भइरहेको छ ।

गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा१झ ९२५० नम्बरको गाडीले एक मोटरसाइकललाई ठ’क्कर दिएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–६ मा बा३२प ६४५३ नम्बरको मोटरसाइकलमा ठ’क्कर लागेपछि चालक सिद्ध जयगढी ग’म्भीर घाइते भएका हुन्। बर्दगोरिया गाउँपालिका–४ घर भएका जयगढी धनगढीतर्फ आउँदै थिए। ग’म्भीर घाइते उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको छ। जयगढी अहिले नेपालगन्जमै उपचाररत छन्।

सो घटना लुकाउन अहिले कैलालीको प्रहरी प्रशासन लागेको छ । गाडीमा जिल्ला प्रशासन कार्यालय बझाङका सहायक सिडियो राम बहादुर सार्की सहित सो गाडीमा ५ जना सवार थिए । उनले आफु विरामी भएका कारण उपचारका लागि जान लागेको बताएपनि उनीहरु चिसापानी घुम्न जान लागेक थिए ।

सहायक सिडियो सार्की सहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा, जगत विष्ट र सुरेश जोशीसँग सवार रहेको सार्कीले स्वीकार गरेका छन् । सहायक सिडियो सार्कीले आफू पायल्सको बिरामी रहेकोले उपचारका लागि लम्की जाँदै गरेको बताएका छन् ।

तर सो घटना पछि गाडी चलाएका सभामुखका छोरालाई बचाउन प्रहरी प्रशासन लागेको छ । उनीहरुले सभामुखका छोरालाई बचाउन गाडी प्रशासनका चालक जनक ऐरले नै चलाएको दावी गरेका छन् । तर उनी केही दिन देखि विदामा रहेको देखिएको छ । सोही दिन चालक जनक ऐर प्रशासन कार्यालयबाट बिदा लिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित आफ्नो घर गएका थिए।

इलाका प्रहरी कार्यालय लम्किचुहा प्रहरीले भने उक्त घटनाका विषयमा कुनै कुरा बोल्न चाहेन। हामीलाई बोल्ने अधिकार नभएको भन्दै बोल्न मानेन्। सबै जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएको र डिएसपी सा’बले नै जानकारी दिने भन्दै फोन राखेका छन् । जिल्ला प्रहरी कार्यालयले पनि यस बारेमा कुनै जानकारी दिन मानेको छैन ।

प्रतिकृया दिनुहोस्