Thursday, December 3

काेराेना संक्रमणसँगै हेलचेक्य्राइँ पनि बढ्याे, चिउँडोमा मास्क लगाएर सरकारलाई गाली ? (फाेटाेफिचर)

August 8, 2020 102

काठमाडाैं, २४ साउन । कोरोनाभाइरस (कोभिड-१९) संक्रमण हुने जोखिम न्यूनीकरण गर्न सरकारले गरेकाे लकडाउन खुकुलाे भएसँगै बाजारमा चहलपहल सुरू भएकाे थियाे । अहिले त लकडाउन पनि छैन, सरकारले संक्रमण दर कम भएको र सावधानी अपनाउनुपर्ने भन्दै चैत ११ देखि लागु भएको लकडाउन साउन ७ गते हटाएको थियो !

लकडाउन हटेपछि शहरमा सवारी तथा मानिसको चाप एवम् चहलपहल बढेको छ । ठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, गुरुद्वारा, चर्च सबै धार्मिक स्थलमा पनि भीडभाड देखिन थालेको छ ।

चहलपहल बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । काठमाडौं उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय समुदायमा फाट्टफुट्ट संक्रमण देखिँदै गर्दा सरकार समयमै सचेत हुन नसके यसले खतरा निम्त्याउन सक्ने स्वास्थ्यबिज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण बढेसँगै हेलचेक्य्राइँ पनि बढ्दै गइरहेकाे छ । लकडाउनको शुरुवाती समयमा संक्रमण हुनबाट बच्न हात धुनको लागि ठाउँ-ठाउँमा र चोक-चोकमा साबुन र पानी राखिएको थियो तर अहिले संक्रमण बढिरहेकाे बेला ती ठाउँहरुमा साबुन र पानी देखिन छाडेको छ । अति आवश्यक पसल र विभिन्न कार्यालयमा समेत साबुन, पानी र स्यानिटाइजर देखिन छाडको छ । सार्वजनिक यातायातमा पनि याे व्यवस्था देखिन्न ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा कोरोनाको जाेखिम बढ्न थालेपछि प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ जनचेतनामूलक कार्यक्रम नै चलाएको छ । तर पनि सर्वसाधरणले भने मास्क नै नलगाइ बजारमा हिडडुल गरिरहेकाे पाइन्छ । लगाउनेले पनि सही तरीकाले लगाइरहेका छैनन् ।

कोरोना भाइरसबाट सावधानी अपनाउने एउटा महत्वपूर्ण विधि नाकमुख छोपिने गरी मास्क लगाउनु पनि हो । यो रोगको संक्रमण फैलनुमा नाक र मुख छोपिने गरी मास्ककाे सही तरीकाले  प्रयाेग नगर्ने पनि रहेको अध्ययनहरुले समेत देखाएका छन् ।

डाक्टहरूले अहिलेको अवस्थामा थप सचेत हुँदै अन्य मानिससँग दूरी कायम गर्न, भीडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनोले नाकमुख छोप्न सुझाव दिइरहेा छन् । तर सर्वसाधरण भने खासै सचेत भएकाे पाइँदैन ।
प्रहरीले जनचेतनामूलक कार्यक्रम चलाइरहेको भए तापनि सर्वसाधरणले भने मास्क नै नलगाइ बजारमा हिँडडुल गरिरहेकाे पाइन्छ । काेराेनकाे उच्च जाेखिम रहेका क्षेत्रमा पनि मास्क नै नलगाइ बजारमा हिडडुल गरेर काेराेनालाई चुनाैती दिइरहेका छन् ।

कोरोनाको उच्च जोखिम रहेका काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, बसन्तपुर, कालिमाटी र टेकु क्षेत्रमा शनिबार बिहान मास्क नै नलगाएर सर्वसाधरणहरु हिँडिरहेको भेटिएका छन् । त्यस क्षेत्रमा कारोनाका उच्च जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिल नै गर्ने निर्णय गरिसकेकाे छ ।

त्यस क्षेत्रमा हिडडुल गर्ने कतिपयले मास्क नै लगाएका छैनन् भने कतिपयले मुख छोप्ने तर नाक नछोपी मास्क लगाउने गरेका छन् । कतिले चाहिँ मास्क लगाए पनि नाक मुख खुल्लै राखी चिउँडोमा लगाउने गरेका छन् । सर्वसाधरणले मात्रै हाेइन, सरकारका कतिपय मन्त्री तथा सांसदहरुले समेत ढंग नपुर्याई नाक मुख नछोपी मुखमा वा नाक मुख नछोपी चिउँडोमा मास्क लगाउने गरेकाे देखिएकाे छ । यी हर्कतले जनतादेखि सरकार जिम्मेवार निकायसम्म सबै काेराेना प्रति गम्भीर छैनन् वा प्रर्याप्त सावधानी अपनाउँदैनन् भन्ने देखाउँछ ।

प्रतिकृया दिनुहोस्