Saturday, December 5

पर्सामा ५४ नयाँ संक्रमित थपिए : मेयर, नेपाली सेना, दुगड ग्रुपका कर्मचारी पनि संक्रमित

August 8, 2020 93

वीरगञ्ज, २४ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्रप्रसाद साह समेत ५४ जना नयाँ संक्रमित थपिएका छन् ।

सङ्क्रमित मध्ये ८ महिला र ४६ जना पुरुष रहेका छन् भने संक्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् । थपिएका संक्रमितमा २ जना दुगड गु्रपका कर्मचारी,१ जना नेपाली सेनाका र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना प्राविधिक कर्मचारी रहेका पनि रहेका छन् ।

बीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताकी एक २२ वर्षीय युवती, वडा नं. ७ रेशमकोठी का एक २२ वर्षीय पुरुष, एक जना बीरगञ्ज वडा नं. ९ की ६० वर्षीय महिला, वडा नं. १० का एक जना २२ वर्षीय महिलासहित २४ ३७, ५० र ५० वर्षीय गरी ४ जना पुरुष संक्रमित भएका छन् । त्यसैगरी, वडा नं. ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीय महिला गरी २ जना रहेका छन् । वडा नं. १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका २४ वर्षका २ जना , ३८ र ५० वर्षका १ ÷ जना १ गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको विश्रामपुर हेल्थ पोस्थमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना, नगरदाह हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसिङमा परेका १ जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।

त्यस्तै,नारायणी अस्पतालले गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार ३ जना बारा जिल्लाका र १ जना सर्लाही जिल्लाका समेत रहेका छन् ।
यसअघि शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको थियो भने कोरोनाको कारण एक वद्धले ज्यान समेत गुमाएका छन ।

प्रतिकृया दिनुहोस्