Monday, June 14

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

August 8, 2020 143

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भेटघाट पछि घर फर्किएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना पोेजेटिभ पाइएपछि प्रधानमनत्री ओली पनि क्लोज कन्ट्र्याक्टमा पर्नुभएको थियो ।

शुक्रबार स्वाब संकलन गरेर गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पनि कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्