Saturday, June 19

आयुर्वेद कलेजमा अध्ययनरत १७बर्षकी भट्टको मृ`त्यु

March 14, 2021 269

किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृत्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए ।बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खानुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बेहोस अवस्थामा फेला पारेको कलेज प्रमुख डा.शिव मंगलले जानकारी दिनुभयो ।‘साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अनुरोध गर्दा आफु राती नसुतेको र आगामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३/४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बोलाउँदा नबोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा लडेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृत घोषित गर्नुभयो ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्