Saturday, June 19

मेष राशिका लागि कस्तो छ २०७८ साल ? हेरौँ आगामी १२ महिनाको ग्रहफल

March 14, 2021 4161

काठमाडौँ । मेष राशि हुनेहरूका लागि नयाँवर्ष वि.सं. २०७८ साल पूर्वाधको तुलनामा उत्तरार्ध तसै अनुकूल रहने देखिएको छ । वर्षको पहिलो खण्डमा केही अभाव र संघषका बाबजुत कुलिन प्रख्याति बढ्ने छ । पारिश्रमिक कार्यमा सफलता मिल्ने छ । वाणिदोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।

धेरैजसो पक्षमा साविक भन्दा बढी मेहनत गर्नपर्ने, कार्यक्षेत्र, व्यवसाय, राजनीति, समाज सेवा, पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले सकारात्मक प्रभाव देखाउन अल्लि सकिरहेको छैन । गरिएका कारोबार उल्टिनसक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ । गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ ।पशुचौपायामा हानी गर्ने ग्रह छन् । र पनि खोटी दोषी पशुबाट तसै फाइदा गर्न सकिने छ । गाडी घोडा आदि पक्षमा पनि गोचर ग्रहले त्यति सपोट गरेको छैन । पारिवारिक समन्वयमा ह्रास आउनसक्ने छ । पार्टनरसिपका कामकार्यहरु पनि प्रभावित हुने देखिन्छ । यी कुराहरुमा विचार पुर्याएर संबन्धित कार्य योजना तर्जुमा गर्नु बुद्धिमानी हुनेछ । नाककानघाँटी, अर्श (पाइल्स), लिभर जस्ता स्वास्थ्य समस्याले दुःख दिनसक्ने छ । मान्यजन तथा पारिवारिक कष्टको संभावना पनि देखिन्छ ।

वर्षको मध्यतिरबाट अध्ययनमा थप सुधार आउने छ । ग्रह–उपचारका उपायहरु अवलम्बन गरी अघि बढ्नाले केही विशेष महत्त्वपूर्ण काममा सफलता पाउन सकिने छ । इष्टदेवको साधना, गुरुजनको आर्शिवाद, गो सेवा, माता बंगलामुखी एवं शनि महाँकाल सँगै पवनपुत्र हनुमान र भैरवदेवको दर्शनभक्ति, उपाशना, आराधना तथा दीनदुःखी श्रमिक वर्गलाई सहयोग गर्नु अनिष्ट ग्रहको शान्तिदायक हुनेछ ।

प्रतिकृया दिनुहोस्