Tuesday, April 13

विप्लवले फिर्ता पठाइदिए उनलाई दिएका १० जना सुरक्षाकर्मी अनि भने,”जनताको बीचमा छु किन चाहियो सुरक्षा ? “

March 13, 2021 100

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द गएको केही दिनयता मात्रै सरकारसँग वार्ता गरि शान्तिपूर्ण राजनीतिमा आएका छन्। उनको सुरक्षार्थ महानगरीय प्रहरी परिसर,काठ्माडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाको लागि प्रहरी इन्स्पेक्टरको कमाण्डमा दस जना सुरक्षाकर्मी दिएकोमा उनले त्यी सुरक्षाकर्मीलाई भर्खरै फिर्ता पठाइदिएका छन्।

सरकारले विप्लवकै लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियो। र उनको उक्त कदमलाई चौतर्फी रुपमा प्रशंसनीय कार्यको संज्ञा समेत दिइएको छ।उनले भनेका छन् ,” मेरो आफ्नो सुरक्षा व्यवस्थाका लागि आफू सधैं नेता,कार्यकर्ता तथा जनताको बीचमा रहेकोले सुरक्षाको आवश्यकता छैन।”

सरकार र विद्रोही माओवादीबीच गतहप्ता सहमति भएपछी नवलपुरबाट सार्वजनिक भएक विप्लवलाई प्रहरीले स्कटिङ गर्दै काठमाडौ पुर्‍याएको थियो। विप्लव आफू सार्वजनिक भएयता राजनीतिक भेटघाट तथा सांगठनिक कार्यक्रममा र सार्वजनिक कार्यक्रममा सक्रियता देखाउँदै आइरहेका छन्।सार्वजनिक कार्यक्रममा सहभागी जनाउने क्रममा उनले आफ्नो पार्टी निकट महिलाहरूको राष्ट्रिय सम्मेलनमा भाग लिन कपिलवस्तु जाँदा आफूले सुरक्षा फिर्ता दिएको घोषणा गरेका थिए।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्