Tuesday, April 13

बृहस्पति ग्रहले राशि परिवर्तन गर्दै, यस्तो राशि भएका व्यक्तिलाई धेरै फाइदा

March 13, 2021 2215

बृहस्पति ग्रहले करिब १३ महिनापछि आफ्नो राशि परिवर्तन गर्छ। एक वर्षसम्म कन्या राशिमा रहेको बृहस्पति गृह भदौ २७ गते (मंगलवार) देखि आफ्नो घर बदल्दै छन्। अर्थात् बृृहस्पति गृह अब तुला राशिमा प्रवेश गर्नेछन्।

बृहस्पतिलाई राम्रो फल दिने शुभ ग्रह मानिन्छ । यो गृहले राशि परिवर्तन गर्दा नोकरी, व्यापार, घर–परिवार, सुख–शान्ति, घन–सम्पति, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पर्छ।

बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम आउने संभावना छ । नयाँ नोकरीका कैयौं अवसर आउन सक्छन् । वर्तमान नोकरीमा पछिल्ला कैयौं दिनदेखि चलिरहेको तनाव पनि कम हुने छ । यदि कुनै व्यक्ति नोकरी परिवर्तन गर्ने सोचमा छन्, भने यो उनीहरुका लागि राम्रो र उपयुक्त समय हुनसक्छ ।

बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिको व्यापारमा विस्तार हुने संभावना पनि छ । यस्तै एक वर्ष राम्रो कारोबारको संभावना पनि छ ।

यस्तै केही राशि भएका व्यक्तिलाई जमिन खरिद गर्दा धेरै फाइदा हुन सक्छ ।

स्वास्थ्यका दृष्टिकोणले तुला राशि भएका व्यक्तिमा केही उतारचढाव आउन सक्छ । हृदय रोग र मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिलाई आउने दिनमा अझ बढी समस्या बढ्न सक्छ । तुला राशि भएका व्यक्तिलाई अन्य स्वास्थ्य समस्या पनि देखिन सक्ने संभावना छ ।

प्रतिकृया दिनुहोस्