Tuesday, April 13

बर्दियामा साँझ पर्न नपाउँदै गाउँ नै सुनसान, गाउँका मानिस ढोका लगाएर घरभित्र लुक्छन्

March 13, 2021 571

काठमाडौ । बर्दियामा आजभोली साँझ पर्न नपाउँदै पुरै गाउँ सुनसान हुने गरेको छ । मानिसहरु बाहिर निस्कन डराउँछन् । हिड्नु परेपनि समुहमा निस्कने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघले निकै डर उत्पन्न गराएको छ ।

त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघले निकै सताएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् ।

बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले समस्या उत्पन्न गराएको स्थानीयको भनाइ छ । “दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खा ए को छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको मृत्यु भएको छ । साँझ पर्न नपाउँदै बाघ गोठमै आउन थालेको छ ।

“बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ”, “साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ ” स्थानिय भन्छन् ।

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए । स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आ क्रो शित भएका छन् । बाघको समस्या बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ । यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ ।

प्रतिकृया दिनुहोस्