Tuesday, April 13

‘मलाई सहयोग गर्नुस्’ भन्न वालुवाटार बोलाएको जसपाले उल्टै यस्तो पद मागेपछि प्रधानमन्त्री चकित्

March 12, 2021 245

काठमाडौं । सर्वोच्चको निर्णय पछि पुर्ववत अवस्थामा फर्किएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो भने प्रधानमन्त्रीमा रहन ओलीले अन्य दलको सहयोग लिनुपर्ने हुन्छ । त्यसैले आफ्नो सरकार बचाइराख्न ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) संग छलफल जारी राखेका छन् ।

सरकारमा सामेल भएर आफ्नो नेतृत्व बचाउन सहयोग गर्नुस् भन्न छलफलमा बोलाएको जसपाले नै प्रधानमन्त्री पद मागेको छ । उसले विहिवार भएको छलफलमा प्रधानमन्त्री ओली समक्ष सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको छ ।

एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेर गएपछि बहुमत जुटाउने प्रयासमा ओलीले जसपाको सहयोग चाहेका हुन् । उनले नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवासंग पनि वार्ता जारी राखेका छन् । जसपाका नेता राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको पनि दाबी रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको वार्ता सकारात्मक रहेको जनाएका यादवले शुक्रबार बस्ने जसपाको संसदीय दलले सरकारको नेतृत्व दाबी गर्न सक्ने बताएका छन् । उनले सरकारमा जान जसपाका केही सर्तहरू रहेको भन्दै सर्त पूरा गर्न परारम्भीक चरण पार गर्नुपर्ने बताए ।

नेता यादवले जसपामा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव प्रधानमन्त्री बन्ने क्षमता राख्ने भएकाले आफुहरुको माग जायज भएको बताएका छन् । उनले भने, ‘जसपाले नेतृत्व पायो भने तीन जना नेताहरू हुनुहुन्छ । सहमति गरेर एक जना नेताले नेतृत्व दिनुहुन्छ ।’

सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि जसपा को संसदीय दलको बैठक शुक्रबार बस्दै छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने जसपाका नेताले बताएका छन्।

बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने बताइएको छ। जसपाले आफ्नो पार्टीका सांसदलाई यसअघि नै संसदीय दलको विधान अध्ययनका लागि दिइसकेको छ।

प्रतिकृया दिनुहोस्