Saturday, December 5

स्याङ्जाको गल्याङ वटुवावासीको पीडा : एक गाग्री पानीका लागि घण्टौंको सकस (भिडियो)

August 7, 2020 109

स्याङजा, २३ साउन । एक गाग्री पानी जोहो गर्न घण्टौं हिड्नु पर्ने ग्रामीण भेगको बाध्यता हो । खानेपानीको चरम अभाव भएपछि वस्ती नै छाड्नु पर्ने बाध्यता स्थानीयको छ । तर, पनि उनीहरुको समस्यामा स्थानीय सरकारले चासो दिएको छैन ।

स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवा गाउँमा यस्तै समस्या देख्न पाइन्छ । एक गाग्री पानीका लागि यसरी घन्टौ लाइन बस्नु पर्ने बाध्यता छ । वर्षौंदेखि उनीहरुले पानीको समस्या भोग्दै आएका छन् ।

अभिभावक मेलापात र काम धन्दामा व्यस्त भएपछि विद्यालय जाने बालबालिकाको पानी भर्ने दैनिकी नै बनेको छ । गण्डकी प्रदेश सरकारले अहिले एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । तर, यो कार्यक्रममा मात्र सीमित बनेको छ । गल्याङमा भएको एउटा धारामा पर्याप्त पानी आउँदैन ।

नजिकै पानीको मुहान नभएको होइन, खानेपानी योजना सञ्चालन गर्न बजेटनै नभएको गल्याङ नगरपालिका २ का वडाध्यक्ष युव कर्मचार्यको गुनासो छ । पानीको अभावमा चाहे अनुसारको खेतिपाती गर्न नपाएको स्थानीयको गुनासो छ ।

चौपायालाई खुवाउन समेत पानीको अभाब हुने गरेको छ । पाँच मिनेट भरेको एक गाग्रो पानीले घर चलाउनु पर्ने उनीहरुको बाध्यता छ । गाउँपालिकाको तीन वटा वडामा खानेपानी पुर्याइए पनि ४ सय ५० घर परिवार अझै खानेपानीको समस्या भोगी रहेका छन् ।

प्रतिकृया दिनुहोस्