Tuesday, April 13

धिरेन र हमाल संगै पर्दामा, दुस्मनीवारे दिए यस्तो जवाफ

March 11, 2021 275

काठमाडौ । कुनै बेला पानी वाराबारको अवस्थामा रहेको भनिएका महानायक राजेश हमाल र नायक धिरेन शाक्य अब एउटै पर्दामा देखिने भएका छन् । करिब संगै फिल्म क्षेत्रमा प्रवेश गरेका यि दुई विच राम्रो सम्बन्ध नरहेको बताइएको थियो । तर संगै फिल्म खेल्ने प्रयास नायक धिरेन शाक्यले गरेका छन् ।

निकै लामो समय पछि पुराना कलाकारहरुबीच सहकार्य गर्न लागेको धिरेनले बताएका छन् । उनले त्यस्तै कथाबस्तु लिएर फिल्म निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेको भए पनि अब छिटै पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेको उनले बताएका छन् ।

उनको यो योजनामा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले साथ दिएका छन् । दुई जनाको सहकार्यमा फिल्म निर्माण गर्ने र पुराना कलाकारहरु एउटै पर्दामा आउने उनको भनाई छ । ‘राजेन्द्र पनि पुराना कलाकारलाई लिएर चलचित्र बनाउने सोचमा थिए । हाम्रो सोच मिलेपछि सहकार्य गर्ने तयारीमा लागेका हौं ।’

उनले फिल्म राजेश हमाल सहित शिव श्रेष्ठ पनि संगै पर्दामा देखिने बताएका छन् । आफुहरुको भूमिका लामो भएपनि शिव श्रेष्ठ भने अतिथि कलाकारका रुपमा प्रस्तुत हुने जानकारी दिएका छन् । हामी एकसाथ आयौं भने दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ उनले भने ।

राजेश र धिरेनले ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता सफल चलचित्रमा काम गरेका थिए । उनीहरुको केमेष्ट्रि दर्शकले निकै मन पराएका थिए ।
बजारमा राजेश र धिरेनको सम्बन्ध राम्रो नभएको भनिए पनि त्यो गलत भएको धिरेनको भनाई छ । उनले आफुहरुबीच सम्बन्ध राम्रो रहेको र प्रस्ताव लिएर गए हमालले स्वीकार गर्नेमा विश्वस्त रहेको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्