Tuesday, April 13

महाशिवरात्रीको दिन भुलेर पनि नखानुहोस् यी चीजहरु नत्र अनिस्ट हुनेछ

March 11, 2021 376

महाशिवरात्रीको दिन भगवान शिवको भक्तहरुको लागी सबैभन्दा बिशेष दिन मध्येको एक दिन हो । यो दिन श्रद्धालु पुरै श्रद्धा भावले भगवान शिवको पुजा गर्छन । महाशिवरात्रीको दिन भगवान शिवलाई खुशी पार्ने एक अहम दिन हो ।

यो दिन मानिसहरु अलग–अलग तरीकाले भगवान शिवलाई प्रसाद चढाउछन् । तर यदि सहि ढंगले यो दिन शिवको पुजा नभएमा कृपा मिल्देन । यही तरिकाले ब्रत गर्ने भक्तको लागी केही विधि विधान छ जसको पालन अवश्य गर्नुपर्ने हुन्छ । आउनुहोस् जान्नुहोस कि महाशिवरात्रीको दिन ब्रत राख्नेले के–कस्ता खानाहरु खानु पर्दछ ।

यस्तो मानिन्छ कि ब्रतालुहरुले शिवरात्रिमा चामल, दाल, गहु बाट बनेको खाद्य पदार्थ सेवन गर्नु हुदैन । यो पनि भनिएको छ कि जो मानिस शिवजीलाई प्रसन्न गर्नको लागी ब्रत राख्छन् उनीहरुले फलफुल, दुध, चिया, कफि आदि सेवन गर्नुपर्ने हुन्छ ।

यस्तो हुनुपर्छ खानपान
महाशिवरात्रीको दिन देवी पार्वती र भगवान शिवको विवाह भएको थियो । यो दिन ब्रत बस्ने प्रथा बर्षोदेखी चलिरहेको छ । केही ब्यक्तिहरु यो दिन निर्जला ब्रत राख्छन् भने केही ब्यक्तिहरु ड्राई फुट्सको सेवन गर्छन । महाशिवरात्रीको दिन कोदोको पिठोको रोटी, आलु सावधाना ले बनेको ब्यञ्जन नै खानु पर्दछ भने यी सबै खानेकुरालाई तेलको ठाउँमा घिउँ राखेर बनाउदा उत्तम मानिन्छ ।

कोदोको पिठोबाट कटलेट बनाउन सकिन्छ । गाजरसँगै आलु तथा शिमला जस्ता सागसब्जिहरुको तरकारी बनाएर खान सकिन्छ । दुधबाट बनेको परिकारहरु पनि खान सकिन्छ , यसमा क्याल्सियम र प्रोटिन हुन्छ र यसले पेटलाई राम्रो गर्दछ । बदाम, पिस्ता, काजुजस्ता कैयौ प्रकारका ड्राई फुट्सहरु राखेर मठ्ठ बनाएर खान सकिन्छ । दुधमा यी चिजहरुको पेस्ट बनाएर मिलाउनुहोस र यसमा केसर, शख्खर, अलैंची आदि राखेर पिएमा यसले शुगर लेभल पनि सहि रहन्छ ।

प्रतिकृया दिनुहोस्