Tuesday, April 13

श्रीमान श्रीमतीको बिचमा कुरा नमिल्दा…..

March 9, 2021 165

आइतवार साझ एकै घरका नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हा म फा लेर ज्या न गु माए पछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन । निमायल गाउँमात्र नभएर आठबीस नगरपालिका पूरै शोकमग्न छ । कर्णाली नदिमा हा म फा लेर मृत्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहाँ पुगेको आफन्तजन सबै भावबिह्वल छन् ।

आठबीस नगरपालिका वडा न –३ का अध्यक्ष एवम छिमेकी प्रयागबहादुर शाहीले भन्नुभयो आइतवार २३ गते श्रीमान् मानसिह बडुवालले गाउँकै एक पसलमा म ध्यपान गरेर हो हल्ला गर्न थालेपछि श्रीमती सुकी बडुवालले गएर घरमा ल्याएको र पछि घरमा के बि वाद भयो भन्ने थहाँ भएन ।

मृतक सुकी बडुवालले भाई मानेकी हरिबहादुर शाहीले भने घरमा सामान्य बि वाद हुने गरेको बताउनुभयो । उहाँले घरमा श्रीमानले र क्सि खा एर आउँने र घरमा गा ली ग र्ने समस्याले यो घटना निम्त्याएको अनुमान गरेको बताउनुभयो ।

उहाँले घरमा छोरीहरु दिन प्रतिदिन ठूलो हुँदै गए पनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुन सक्ने बताउनुभयो । फागुन २४ गते बिहान ४ बजेतिर सुकी चार सन्तान सहित घरबाट निस्केको र २४ गते खोज्दै जाँदा आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला प¥यो ।

वडा अध्यक्ष शाहीले उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मा र्ने प्रयोग गरिएको पा सो मा बे रि एको अवस्थामा फेला परेको बताउनुभयो ।

स्थानीय सुरेन्द्र कार्कीले दुई बहिनी १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवाल (ना म्लो)ले बा धे र हा म फा ले को अवस्थामा फेला परको बताउनुभयो । उहाँले शव भेटिएको स्थानबाट खोज्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुल भन्दा दुई सय मिटर पर रहेको ला ड्नेको भीरबाट हा मफा लेको पुष्टि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो दुई बहिनीमा बाँ धे को ब रियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्न र सबैले थहाँ पाँउने भएपछि डोको सहित त्यहाँ ल्याएको देखिन्छ । त्यहाँ डोको मात्र नभएर चप्पल पनि भेटिएको छ ।

उहाँले भन्नुभयो चप्पल डोको भेटिए पछि अन्य बे पत्ता भएका एक छोरी एक छोरा आमालाई खोज्न सजिलो भयो त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हा म फा ले को पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो पछि अनुसन्धानमा थप केही प्रमाण भेटिएलान तर पहिलो प्रारम्भिकमा हेर्दा सबैले देहत्याग गर्न कर्णालीमा हा म फा ले को देखिन्छ । गोरखापत्रमा यो खबर छ ।

कर्णालीका प्रदेशका प्रहरी प्रमुख घटना स्थलमा

एकै घरमा पाँच जनाले कर्णालीमा हा म फा ले र बे प त्ता भएकाहरुको खोजी कार्याका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त घटना स्थल पुग्नुभएको छ । घटना स्थलमा घटनाको प्रकृति,बे पत्ताहरुको खोजी,र स्थानीय नागरिकसंग समन्वय गरेर शवको पाष्मार्टम गरी सम्बन्धीत पक्षलाई जिम्मा लगाउँन त्यहा पुगेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

श्रीमती ,तीन छोरी र एक छोरा पाँच जनाले कर्णालीमा हा म फा लेर देहत्याग गरे संगै मृतक सुबी बडुवालका श्रीमान मानसिह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयो स्थानीय नागरिकका अनुसार श्रीमान घ रमा वि बाद हुने कुरा आएको छ ।

त्यसलै यो घटना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनुसन्धान गर्न पनि नियन्त्रणमा लिनु पर्ने भएका कारण अहिले इलाका प्रहरी कार्यालय राकमकर्णालीमा राखेको बताउनुभयो । उहाँले मृत्यु हुने त मृत्यु भइसक्नुभयो अब उहाँलाई कसरी हुन्छ मा नि सक रुपमा सक्षम बनाएर घटनाको अनुसन्धान गर्छौं ।

प्रतिकृया दिनुहोस्