Wednesday, November 25

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले अब १५ अत्यावश्यक सेवा मात्र दिने

August 7, 2020 271

काठमाडौं, २३ साउन । कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन स्थगित गर्ने निर्णय भएको जानकारी गराइएको हो ।

सरकारी कार्यालयको हकमा भने कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पनि काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले न्यूज २४ लाई बताउनु भयो ।

आइतबारदेखि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले शान्ति सुरक्षा, ठाडो उजुरी र कोभिड १९ संग सम्बन्धि कामहरु मात्र गर्ने पनि दाहालले बताउनु भयो ।

अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक कार्यालयहरु तथा भीडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

मास्क र सेनिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

यसैगरी पसल तथा बजारमा पनि तीनबटै प्रशासन कार्यालयले कडा निगरानी बढाउने भएका छन् भने कोभिड १९ क्राइसिस म्यानेजमेन्टसंग समन्वय गरेर थप निर्णय लिने पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्