Tuesday, April 13

अनिशाले अन्तिम पटक कन्चनको मुख हेर्छु भने पछी…. यस्तो छ अनिशाको घरको माहौल (भिडियो हेर्नुस्)

March 8, 2021 438

काठमाडौ । ६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । त्यस पछि उत्पन्न परिस्थितीले अहिले अनिशाको जिवनमा पनि प्रभाव पारेको छ । अस्पतालवाट परिवारले कञ्चनको शव सिधै अनिशाको घरमा लिएर गएका छन् । कञ्चन र अनिशाको विवाह भइसकेकाले कञ्चनको निधन पछि हिन्दु धर्म परम्परा अनुसार अनिशाले अन्तिम संस्कार गर्नुपर्ने माग कञ्चनका परिवारको छ ।

तर अनिशाका आफन्तले त्यो कुरा स्वीकार गरेका छैनन् । उनीहरुले अनिशा र कञ्चनको विवाहलाई कानुनी मान्यता दिएका छैनन् । शव लिएर घरमा पुगेपछि अनिशाले अन्तिम पटक भएपनि कञ्चनको शव हेर्ने इच्छा राखेकी थिइन् । तर सुरक्षाका लागि पुगेको प्रहरीले अनिशालाई रातारात गाडीमा राखेर सुरक्षित स्थानमा लगेको कञ्चनका परिवारले बताएका छन् ।

कञ्चनको निधन पछि अनिशाको घरमा पुगेका आ क्रो शित परिवार र आफन्तले घरमा समेत आगो लगाउने प्रयास गरेपछि प्रहरीले सुरक्षा दिएको हो । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विवाह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अलग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएपछि मृतकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरेका छन् । जसका कारण उक्त स्थान त ना व ग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस्