Wednesday, May 19

भेटियो नदीमा हा म फा ल्नु आघि आयशाले लेखेको पत्र जसमा लेखिकी थिइन् यस्तो मनछुने शब्द यो पढेर तपाईको पनि मन रुवाउने छ (भिडियो सहित)

March 8, 2021 310

एजेन्सी । मानिसले देह त्याग गर्नु अघि के सोच्दो हो ? यस्तो प्रश्न सबैको मनमा आउन सक्छ । भारतमा एक महिलाले नदिमा हाम फालेर देह त्याग गर्नु अघि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा ब्यापक सेयर भै रहेको छ । तर अहिले उनले आफ्ना श्रीमानका लागि लेखेको एक पत्र प्रहरीले फेला पारेको छ । उनले आफ्ना श्रीमानले कहिल्यै माया नगरेको पनि लेखेकी छन् । निकै भावुक पत्रमा उनले आफुलाई जहिले पनि मायाको पर्खाइ रहेको बताएकी छन् । आफुलाई कहिल्यै पनि श्रीमतीको स्थान नदिएका आरिफलाई आइ लभ यु भनेकी छन् ।

ती महिलाले नदिमा हाम फाल्नु अघि एक भिडियो पनि बनाएर संसार छोडेकी छन् । यो घटना भारतको गुजरात स्थित अहमदाबादमा भएको हो ।एक विवाहित महिलाले साबरमती खोलामा हाम फालेर संसार छोडेकी हुन् । घटना अघि उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेकी छन् ।उनले भनिन् अब म पनि जीवनमा आराम गर्न चाहन्छु अब उही भगवानलाई भेट्न चाहन्छु । घटना पछि पुलिस घटनास्थलमा पुग्यो । घटना दर्ता गरेर अनुसन्धान शुरू गर्‍यो ।

आयशाले उनको भिडियोमा भनेकी छन्, नमस्कार, मेरो नाम आयशा आरिफ खान हो । जे म गर्न गइरहेको छु, मँ चाहन्छु जस्तो लाग्छ । बुझ्नुहोस् कि यो परमेश्वरले जीवन दिनुभएको जीवन थियो र मैले यो जीवनलाई धेरै आरामदायी पाएँ । वास्तवमा आरिफ उनका पतिको नाम हो । यस्तो पत्र फेला पारेपछि प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । आयशा घटना पछि पनि आरिफलाई कुनै दुख थिएन । उनका परिवार एक जना आफन्तको विवाहमा सहभागी हुन पुगेका थिए । आरिफको जिवनमा अर्को युवती रहेका कारण विवाह पछि उनले आयशालाई माया दिएनन् ।

प्रतिकृया दिनुहोस्