Wednesday, November 25

धरानमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

August 7, 2020 127

काठमाडौं, २३ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार राति १० : ४५ बजे सिराहाका २५ वर्षीय कोभिड संक्रमित युवाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता डा. सापकोटाका अनुसार ती युवा दुई वर्षदेखि मिर्गौला रोगी थिए । ती युवाले जनकपुर अस्पतालमा नियमित हप्तामा २ पटक डाइलासिस डायलसिस गराउँदै आएका थिए ।

कोरोना संक्रमण पृष्टि भएकोले जनकपुर अस्पतालले बिहीबार उनलाई धरानस्थित प्रतिष्ठानमा डाइलाइसिसको लागि रिफर गरिदिएको थियो । उनको साउन १९ गते स्वाब संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्