March 7, 2021 466
काठमाडौँ । सरकारले भोलि सार्वजनिक विदा दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र (खण्ड ६९) मा उल्लेख छ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।
यस्तै गरी फागनु २७ गते पनि देशभर सार्बजनिक बिदा परेको छ । २७ गते महाशिवरात्री पर्व परेको छ।
प्रतिकृया दिनुहोस्