Saturday, November 28

कोशी अस्पतामा एक जनाको निधन, बीर अस्पतालमा चिकित्सक सहित ४ जनालाई कोरोना पुष्टि

August 7, 2020 127

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस रोग ९कोभिड–१९० पुष्टि भएको छ । इन्टरनल मेडिसिन विभागमा कार्यरत डाक्टरलाई कोरोना पुष्टि भएको र हाल उहाँ सोही अस्पतालको आइसोलेसनमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा।केदार सेञ्चुरीले जानकारी दिए ।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको उनले बताए । डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेको सेञ्चुरीले बताए ।

कोरोना भाइरसको आशंकामा विराटनगरको कोशी अस्पतालमा उपचारका लागि ल्याइएका एक मारवाडी समुदायका पुरुषको शुक्रबार निधन भएको छ । विराटनगर महानगरपालिका ९९ का ५८ वर्षीय जयप्रकाश अग्रवालको बिहान ९।१५ बजे निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए ।

उनकाअनुसार मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कोरोना शंकास्पद पुरुषको शव अहिले अस्पतालकै आइसोलेसनमा राखिएको छ । ुअग्रवाललाई एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको चिकित्सकले बताएका छन् । र

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि भने बिहान उपचारका लागि कोशी ल्याइएको जानकारी उनले दिए । अस्पतालमा ल्याउदा उनको निधन भइसकेको थियो ।

प्रतिकृया दिनुहोस्