Sunday, May 16

कमाउन गएका छिरिङ्ग बाकसमा फर्किए, सम्हालिन सकिनन श्रीमती, बाबाआमाको यस्तो हालत (भिडियो सहित)

March 7, 2021 392

घरका अमुल्य सपना बोकेर साउदी अरब पुगेका छिरिङ्ग शेर्पाको सवारी दुर्घटनामा परि मृत्यु भयो । भोटेकोशी गाउँ पालिका १ सिन्धुपाल्चोकका ३२ बर्षीय शेर्पाको निधन पछि हिजो मात्र शव नेपाल आएको छ ।

परिवारको सपना बोकेर साउदी पुगेका शेर्पाको ४१ दिन अघि सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । घरका अमुल्य सपना बोकेर आज भन्दा ७ बर्ष अघि साउदी पुगेका शेर्पा बिदेशमै अस्ताएका हुन् ।बिक्रम सम्बत २०४३ सालमा जन्मिएका शेर्पा ३२ बर्षकै उमेरमा दुर्घटनामा परि मृत्यु हुँदा अहिले सिंगो गाउँ सोकमा डुबेको छ ।

उनकी श्रीमती र एक छोरा र छोरी रहेका छन् जुन उमेरले सानै छन् । घर परिवारलाइ राम्रो बनाउन विदेश पुगेका शेर्पा बाकसमा आउँदा उनका परिवार लगाएत सिंगो गाउँ सोकमा डुबेको थियो ।

साउदीमा सवारी चालकमा पुगेका शेर्पा उनि घरका जेठा छोरा थिए । घरको जेठो छोरा भएका कारण पनि सबै जिम्मेवारी उनको काँधमा थियो तर उनको मृत्यु पछि अहिले परिवारले केहि सोच्न नसक्ने अवस्थामा पुगेको छ ।

सानो उमेर मै बिधुवा बनेकी उनकी श्रीमती सुप्रिया शेर्पा सम्हालिन नसक्ने अवस्थामा छिन । उनको शव जब घरमा आइपुग्यो उनले भक्कानो छोडेर बाकसलाइ समातेर रोएकी थिईन जुन दृश्यले सबैको आँखामा आशु झरेको थियो ।

आफ्नो जीवन साथी गुमाउनुको पि डा साच्चै पि डा र काहालीलाग्दो छ । सिन्धुपाल्चोकको बिकटमा जन्मेका छिरिङ्गको सपना ठुलो थियो । आफु गाउँमा जन्मे पनि परिवारलाइ सुख र खुसि राख्ने योजना बुनेका शेर्पा अब कहिल्यै न फर्किने गरि अस्ताएका हुन् ।

उनको शव घरमा आइपुगेपछि बुवा आमा देखि परिवारमा रुवाबासी चलेको थियो । उनको शवलाई बाकसमा देखेपछि न रुने कोहि थिएन हेर्नुहोस सोहि दृश्य तलको भिडियोमा

प्रतिकृया दिनुहोस्