Sunday, May 16

यीनै हुन् सुत्केरी अवस्थामा २ पटक अपरेशन हुँदा ज्यान गुमाउने २४ वर्षिया अनिशा, बच्चाको बि’चल्ली

March 7, 2021 310

काठमाडौं।। झिमरुक-७ रातटारी प्युठान निवासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद निधनले स्तब्ध बनायो, मृ तक अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना। अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डाक्टरले पुन अप्रेसन गरेका थिए ।

तर अप्रेसन जटिल बनेपछी बुटवल रेफर गरिएकोमा बाटोमै हिजो राती अनिसाको निधन भएको हो, अनिसा आफन्तले जिल्ला अस्पताल प्युठानमा धर्ना समेत दिएका छन, यो घटना घट्नुमा जिल्ला अस्पताल बिजुवारको लापरबाही देखिएको छ । यश घटना मा कुनै राजनितिक गन्ध नाओस घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरिरहेका छन्।

यो पनि , ३५ प्रतिशत किसानले रोप्न छाडे उखु
काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।

नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ । ‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने क्रममा छन्,’ उनले भने, ‘खेती गरिरहेकाले पनि आधा उत्पादन घटाएका छन्,’ उनले भने ।

आयातित चिनीका कारण आफ्नो चिनी नबिकेको भन्दै उद्योगीले उखुको भुक्तानी नगरेको उनले बताए । ‘विदेशी चिनीका कारण स्वदेशी चिनी बिकेन भनेर भुक्तानी नै पाएनौं,’ उनले भने, ‘भुक्तानी नै नपाएपछि उखुखेती गरेरै बस्न सकिने अवस्था रहेन ।’ नेपालमा ३ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । उखु किसानले भुक्तानी नपाएकै कारण अहिले १ लाख २० हजारसम्म चिनी उत्पादन गर्न सक्ने गरी उखुखेती भइरहेको उनको भनाइ छ । यद्यपि, आन्दोलनपछि किसानहरूले उखुको बक्यौता रकम भने पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्