Tuesday, April 13

कतै घरमा यस्ता गल्ति गर्नुभएको त छैन?पलभर मै सबै सखाप हुनसक्छ।बेलैमा ध्यान दिनुहोस

March 6, 2021 148

काठमाडौँ । वास्तु शास्त्र अनुसार घर बनाउने र सजाटव गर्दा राम्रो हुन्छ भन्ने धर्म शास्त्र मात्र होइन वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ। यहाँ हामीले केही कुरा उल्लेख गरेका छौं, वास्तु शास्त्र अनुसार ती कुरा घरमा राख्द अशुभ मानिन्छ ।माकुराको जालो : घरमा माकुराले जालो लगायो भने त्यसलाई तुरुन्त हटाउनुस् । किनकी वास्तु शास्त्र अनुसार, माकुराको जालो भएको घरमा गरीबी बढ्छ । यतिमात्र होइन, त्यसले सं’कट समेत निम्त्याउँछ ।

परेवाको गुँड : हुन त परेवालाई घरमै पालेर समेत राखिन्छ। तर, वास्तु शास्त्रले भने घरमा परेवाको गुँड हुनुलाई शुभ मान्दैन। यसले घरको शान्ति स्थिति विगारि दिन्छ र परिवारमा फाटो ल्याउँछ ।

चमेराको गुँड : घरमा चमेराले गुँड लगाएको छ भने पनि देख्ने वित्तिकै हटाइ हाल्नुस् । किनकी तपाईंको घरमा चमेराको गुँड छ भने तपाईंले सुरुवात गरेको नयाँ काममा बा’धा पुग्छ ।

फुटेको ऐना : घरभित्र फुटेको ऐना झुण्डयाउनु या राख्नु पनि वास्त्रु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकी त्यस्तो ऐनाले घरमा गरीबी निम्त्याउनुका साथै अनिकाल समेत निम्त्याउन सक्छ ।

चुहिने धारो : घरमा चुहिने धारो छ भने पनि त्यो अशुभको संकेत हो । बास्तुशास्त्र अनुसार त्यसले सकारात्मक उर्जा जति बाहिर चुहिएको संकेत गर्छ । त्यसैले चुहिने धारा छ भने तुरुन्त मर्मत गर्नुस् ।

चर्केको भित्ता : तपाईंको घरको भित्ता चर्केको छ भने पनि तुरुन्तै मर्मत गर्नुस् । वास्तु शास्त्र अनुसार, त्यसले तपाईंको परिवारमा गरीबी बढाउँछ ।

प्रतिकृया दिनुहोस्