Wednesday, May 19

१९ वर्षीया सपना रोका मगरलाई एक्कासी के भयो यस्तो ?

March 5, 2021 221

बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला बिरामी भएर घरमा आराम गरिरहेकी छिन् । गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो। सपना सडकका बेवारिसेलाई खाना खुवाउने र बेवारिसेको अन्त्येष्टि गर्ने कार्यमा सक्रिय छिन्।

तेस्तै, सपनालाई नगद सहित सम्मान, प्राप्त रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्चगर्ने

बिबिसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना रोक्का मगर नगदसहित सम्मानित भएकी छिन्। गैर आवासीय नेपाली सङ्घ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हो। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हो। सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उपक्षेत्रीय संयोजक मनोज गोर्खालीलगायतको उपस्थिति थियो।

सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने उनले बताइन्।

प्रतिकृया दिनुहोस्