Wednesday, November 25

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागूः आज निवेदन, भोलि मात्रै पास

August 7, 2020 116

काठमाडौं, २३ साउन । कार्यलयमा भीड बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको हो ।

त्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा एकदि अगाडी निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि जानुपर्ने छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ।

प्रशासन कार्यलयका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ। त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्