Thursday, December 3

आजको मौसम पूर्वानुमान : चट्याङ्गसहित केही स्थानमा बर्षाको सम्भावना

August 7, 2020 108

काठमाडौँ, २३ साउन । जल तथा मौसम विज्ञान विभागले शुक्रबार मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भइरहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का बर्षा भईरहेको छ ।

शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानशरुमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा समेत भारी वर्षाकोसम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक दुई स्थानहरूमा भारी वर्षाको हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्